arrow

नगदसहित ७ जना जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
juwa.jpg

लमजुङ । लमजुङ सदरमुकाम बेशीशहरबाट एक लाख सात हजार ७४० रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ परेका छन् ।

बेशीशहर नगरपालिका वडा नं. ८ नारायणस्थानमा डेरामा बसेका व्यक्तिहरु हार जितका लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । 

लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट तीन बुक तास पनि बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ