arrow

मध्यपुर थिमीमा रोचक भिडन्तः एमाले ज्वाइँलाई पछि पार्दै कांग्रेस जेठान अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Congress-UML_Election.jpg

भक्तपुर । अघिल्लो पटक नेकपा (एमाले) विजयी भएको भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा यसपटक नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कुल १ हजार ८ सय मत गणना गर्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९ सय ४० भोट ल्याएका छन् ।  उनका प्रतिष्पर्धामा एमालेका मदनसुन्दर श्रेष्ठले ६ सय ७२ भोट ल्याएका छन् । 

उपमेयरमा भने एमालेकी उम्मेदवार उत्तरा नेपालले अग्रता लिएका छन् । उनको प्रतिस्पर्धामा माओवादीका उम्मेदवार विजय श्रेष्ठ छन् । १ सय ८ सय मतगणना हुँदा नेपालले ६ सय १० र श्रेष्ठले ७सय ८९ भोट ल्याएका छन् । 

करिब ४१ हजार मतदाता रहेको मध्यपुर थिमीमा यसपटक नेपाली कांग्रेस र माओवादी कन्द्रले तालमेल गरेका छन्  जसअनुसार नेपाली कांग्रेसले मेयर र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए । 

मध्यपुर थिमीका ९ वटा वडा मध्ये प्रारम्भमा १ नम्बर वडबाट मतगणना भइरहेको छ । १ नम्बर वडामा पनि नेपाली कांग्रेस अग्रता लिएको छ ।  कांग्रेसका उम्मेदवार बाबुकाजी डंगालले ८ सय ८९ भोट ल्याएका छन् । उनको प्रतिष्पर्धामा एमालेका उम्मेदवारले ६सय ६४ भोट ल्याएका छन् । 

यसपटक मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र विद्यासुन्दर श्रेष्ठ नाताले ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने विद्या सुन्दर ज्वाइँ हुन् । एमालेले पहिलेकै मेयर श्रेष्ठलाई दोहोर्याएर उम्मेदवारी दिन लगाएको छ । 

२०७४ को निर्वाचनमा मध्यपुर थिमीमा मेयरमा एमाले विजयी भएको थियो । उपममेयरसहित ९ वटा वडामा भने नेपाली कांग्रेस विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ