arrow

पहिलो पटक खुल्यो कोहलीको ब्याट, बैंगलोर प्लेअफ नजिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Screenshot 2022-05-20 072835.jpg

काठमाडौं । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफ नजिक पुगेको  छ । 

बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा पहिलो पटक यो सिजनमा सर्वाधिक योगफल जोड्ने क्रममा विराट कोहलीले ७३ रन बनाए । उनले ५४ बल खेलेका थिए । महङ्गा ब्याट्सम्यान कोहली पहिलो पटक सिजनमा डक आउट धेरै भएपछि आलोचित भएका थिए । 

अब ब्याटिङले यति गतिमा निरन्तरता दिने हो भने बैंगलोर प्लेअफमा पुग्दै उपाधि जित्न सक्ने अनुमान गर्न सकिन्छ । बैंगलोर त्यस्तो टिम हो जसले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । पूर्व कप्तान कोहलीको ब्याट नबोल्दा खुवै आलोचना खेप्दै आएका छन् । 

त्यस्तै कप्तान फाफ दु प्लेसिसले ४४ तथा ग्लेन म्याक्सवेलले १८ बलमा अविजित रहँदै ४० रन जोडेर टिमलाई जिताए । गुजरातका राशिद खानले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डेयले ४७ बलमा अविजित रहँदै ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक  छ ।

जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् । अहिलेस्म्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स बाहिरिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ