arrow

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
ram-thapa.JPG

झापा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापा दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा विजयी भएका छन् । 

राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रीय सदस्य तथा निवर्तमान उपमेयर गीता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजय हासिल गरेका हुन् । थापाले १७ हजार ५२५ मत ल्याउँदै विजयी बने भने एमालेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन ।

त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । नेकपा एमालेका अम्बिकाप्रसाद खनाललाई पछि पार्दै भट्टराई उपप्रमुखमा विजयी भएकी हुन् । भट्टराईले १७ हजार ७२ मत प्राप्त गरिन् भने एमालेका खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् ।

दमकमा ६ दलीय गठबन्धनबाट राप्रपाका राम थापालाई मेयरका साझा उम्मेदवार बनाइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ