arrow

निर्वाचनले संविधान उल्टाउन चाहनेलाई राम्रो जवाफ दियो – प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
prachanda-parliament-2079.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले कसरी आयात प्रतिस्थापन गर्ने र कृषि क्षेत्रलाई कसरी उत्पादनमुलक बनाउने भन्नेमा नीति तथा कार्यक्रमले स्पष्ट रुपमा राखेको बताएका छन् ।

प्रतिनिधिसभाको सरकारको नीति तथा कार्यक्रम २०७९–०८० का बारेमा बोल्ने क्रममा शनिबार प्रचण्डले यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले थप स्पष्ट पार्ने विश्वास व्यक्त गरे । 

उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि सडकमा जानुपर्ने स्थिति आएको भन्दै आजको दिनमा सरकारका बारे, नीति तथा कार्यक्रमबारे चर्चा गरिरहँदा आज पनि देशलाई फेरि राजनीतिक सहमति र साझा प्रयासको आवश्यकता देखिएको बताए । 

उनले संसदमा जुन किसिमले आलोचना र घोचपेचको अवस्था देखियो यो गम्भीर रहेको बताए । उनले घोचपेच गर्ने परम्परा गम्भीरतातिर गएको प्रचण्डले बताए । 

उनले अहिलेको स्थानीय तहको निर्वाचनमा उल्लेख्य जनसहभागीता भएको बताउँदै कसले कति सिट ल्यायो भन्दा पनि लोकतन्त्रको रक्षाका लागि अगाडि बढेका छौं कि छैनौं भन्ने महत्वपूर्ण रहेको बताए । 

संविधान ट्रयाकमा राखेर कार्यान्वयनले गति लिएको छ कि छैन भनेर हेर्नुपर्नेमा उनको जोड थियो । 

उनले लर्को लागेर स्थानीय तहको निर्वाचनमा सहभागीता जनाउन विदेशमा भएका नेपाली आउनु निकै सकारात्मक भएको भन्दै उनले उनीहरुलाई धन्यवादसमेत दिएका छन् । 

उनले यो निर्वाचनले बलियो सन्देश दिएको भन्दै यो संविधान उल्टाउन चाहने तत्वलाई राम्रो जवाफ दिएकोसमेत बताए । 

उनले एमालेतर्फ कटाक्ष गर्दै संविधान मिच्न चाहनेलाई जनताले जवाफ दिएकोसमेत दाबी गरे ।  

उनले प्रमुख दलका नेता केपी शर्मा ओलीले निर्वाचनमा धाँधलीबाहेक केही नभएको दाबी गरेको कुरा भने आफूले बुझ्न नसकेको बताए । 

पार्टीभित्र अन्तर्घातले गर्दा चुनाव हारेको ओलीको भनाइ मुख्य हो वा सरकारको नीति वा क्रियाकलापले एमालेले चुनाव हारेको हो भन्ने स्पष्ट नभएको पनि प्रचण्डले बताए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ