arrow

उग्र बन्यो मङ्कीपक्सको संक्रमण, युरोपले किन्यो हजारौं डोज खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
monkeypox-vaccine.jpg

काठमाडौं। युरोपेली सङ्घ (ईयु)ले मङ्गलवार डेनमार्ककको बायोटेक्नोलोजी कम्पनी बाभेरियन नर्डिकसँग मङ्कीपक्स विरुद्धको खोप खरिद सम्झौता गरेको छ।

युरोपेली आयोग र कम्पनीले उनीहरूबीच १ लाख १० हजार डोज खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो।

खोपहरू ईयुको कोषबाट किनिने र ईयु अन्तर्गतका राज्यहरूमा पठाइने ईयुकी स्वास्थ्य आयुक्त स्टेला किरियाकाइड्सले बताएकी छन्।

सबैभन्दा अत्यावश्यक आवश्यकता भएका राज्यहरूबाट सुरु गरेर खोपका डोजहरू जनसङ्ख्याको अनुपातमा डेलिभर गरिनु पर्ने उनले बताएकी छन्।

डेलिभरी तुरुन्तै सुरु हुने र आगामी महिनाहरूमा पूरा हुने कम्पनीले जनाएको छ। 

१९ युरोपियन देशहरूमा र नर्वे र आइसल्याण्डमा गरी लगभग ९ सय मङ्कीपक्सका संक्रमित फेला परिसकेका छन्। ईयु मुलुक नभए पनि नर्वे र आइसल्याण्डले पनि खोप पाउने भएका छन्।

खास गरी मध्य र पश्चिम अफ्रिकामा फाट्टफुट्ट देखा पर्ने  मङ्कीपक्सको संक्रमण अहिले अमेरिका, क्यानडा, बेलायत, इजरायल र युरोप गरी कयौँ मुलुकहरूमा फैलिएपछि विश्वभर चिन्ता बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ