arrow

जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे बरालको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
Prakash baral nc.jpg

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे चासो दिएका छन् । अधिकांश क्षेत्र हिमाल र हिमाली प्रभावमा परेको हुँदा उनले आफ्नो क्षेत्रमा बढ्दो जलवायु परिवर्तन र त्यसका असरबारे सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । अन्नपूर्ण प्रथम, अन्नपूर्ण बेसक्याम्पदेखि विभिन्न ठाउँमा अहिले जलवायूको प्रभाव बढेको छ । 

‘हिजो भैरहेका उत्पादन हुन छोडेका छन् । नयाँ नयाँ जीव देखिएका छन्,’ उनले भने, ‘अहिले सामान्य लागेपनि यि अस्वभाविक गतिविधिले भविष्यमा मानवको अस्तित्वमाथि धावा बोल्नेछ । हामी बेलैमा सचेत हुनुपर्ने छ ।’ 

छोम्रोङ र घान्द्रुक क्षेत्रमा चुनाव प्रचारका क्रममा पुगेका बरालले स्थानीयसँग जलवायू परिवर्तनका असरबारे गम्भीर बहस र छलफल गरेका छन् । अहिले मनसून चक्रमा नियमित फेरबदल भैरहेको छ । चरम तातो र चरम चिसो तापक्रमको प्रबृत्ति सघन हुन थालेको छ । हिमपहिरो जाने, हिमतालहरु फुट्ने र हिउँ पग्लिनेक्रम बढ्दो छ । 

शहरी क्षेत्रमा प्रदुषणका कारण जनस्वास्थ्य खस्किएको छ । यसबाट जोगिन प्रदेश सरकार, प्रदेश संसद र यसमार्फत माथिल्ला निकायमा पहल गर्ने प्रतिबद्धता बरालले जनाए । 

‘हामी भोट माग्न जाँदा धारा, बिजुली, बाटोका समस्या बढी आउँछ । तर जलवायूको परिवर्तन र यसको असरबारे कसैले वास्ता गरेका छैनन्,’ बरालले भने, ‘कुनै-कुनै किसानले हिजो लगाइरहेको खेती अहिले हुन छोडेको गुनासो गर्नुभएको छ । चरम चिसो र तातो भएको अनुभव सुनाउनुभएको छ । यो जलवायू परिवर्तनकै असर हो । उहाँहरुको समस्या टिपेर ल्याएको छु । सम्बन्धित ठाउँमा राख्छु ।’ 

बरालले सहरी क्षेत्रमा विद्युतीय गाडीको प्रयोग बढाउने र जलवायू अनुसन्धानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।  ‘कार्वन उत्सर्जन घटाउने र प्रदुषण कम गर्ने योजना बनाउने छु । आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायू अनुकुलनका योजना बनाउने र विपद् व्यवस्थापनलाई बढी प्राथमिकता दिने छु,’ उनले थपे, ‘सकेसम्म विपद् जानै नदिने र विपद् गैहाले उद्धार र राहतको पुर्व तयारी हामीले गर्नुपर्ने छ । यो केही वर्षमा पहाडी क्षेत्रको पनि विकराल समस्या बनेर आउने छ ।’ 

एक अध्ययनले गण्डकी क्षेत्र अधिक तापक्रम वृद्धि हुने मध्येको क्षेत्रमा दर्ज गरेको छ । बराल बाहेकका अन्य उम्मेद्वारहरुले जलवायू परिवर्तनका असरबारे खासै वास्ता गरेका छैनन् । उनीहरुले सडक निर्माण, धारा विस्तार, विजुली वितरणमा बढी जोड दिइरहेका छन् । अब जलवायू परिवर्तन सार्वजनिक वहसको एजेण्डा बन्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ