काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकको राम्चेमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राम्चे–७ पुराना गाउँका ३५ वर्षीय रामकुमार तिमिलिसना, वर्ष २५ का उद्वव तिमिल्सिना र उद्ववकी श्रीमती सम्झना तिमिल्सिना रहेका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सम्झना रामकुमारकी भाई बुहारी हुन् ।
राति साढे २ बजेतिर घर माथीबाट आएको पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताए । ५० मिटर क्षेत्रमा पहिरो गए पनि अन्य घरहरुमा भने क्षति नभएको एसपी केसीले जानकारी दिए ।
पहिरोले पुरिएका दुई जनाको स्थानीयले उद्धार गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।