एजेन्सी । बलिउड कलाकार ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम प्रसंग बलिउडमा निकै चर्चामा रहेने गरेको छ । ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् भने सलमान लुलियासँग डेटमा रहेका छन् । कुनै समयका यी प्रेम जोडि पुन: पर्दामा देखिने सम्भावना बढेको बताइएको छ ।
हालै ऐश्वर्याले एक म्यागजीनमा दिएको अन्तर्वार्तामा सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो नरहेको बताएकी छन् । ऐश्वर्याले भनिन्,- 'यदि मलाई यस्तो अफर आएमा म विचार गर्ने छु, मलाई सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो छैन ।'
तर यसको लागि ऐश्वर्याले एउटा सर्त राखेकी छन् । उनले भनिन् - यसको लागि मेरो एउटा सर्त छ कि म चलचित्रको स्क्रिप्ट र निर्देशक सहि भएमा मात्र सलमानसँग अभिनय गर्नेछु । ऐश्वर्याको सो अभिव्यक्ति प्रति सलमानको तर्फबाट भने कुनै प्रतिकृया आएको छैन ।