'नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल हो'
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
590
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेको बताएका छन् ।
उनले इस्लाम धर्मावलम्बीको पर्व ‘बकर इद (इद उल अजहा)’ का अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता रहेको र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख गरेका छन् ।
इस्लाम धर्मावलम्बीले ‘बकर इद (इद उल अजहा)’ लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका छन् । सभापति देउवाले यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।