arrow

राजनीतिक भाषाहरू सिक्दै छु : उपसभामुख मगर

गुरुपूजा महोत्सव २०७९ सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
gurupurnima-magar.jpg

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले आफू राजनीतिक भाषा सिक्दै गरेको बताएकी छन् । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको “गुरु पूजा महोत्सव २०८०” को उद्घाटन गर्दै उपसभामुख मगरले यस्तो बताएकी हुन् ।

उपसभामुख मगरले भनिन्, 'म पनि सङ्घर्षशील महिला हुँ । म राजनीतिज्ञ होइन ।  म राजनीतिक भाषाहरू सिक्दै छु । सभामा गरिब, दुःखी, पीडितका लागि प्रतिपक्षमा भूमिका निर्वाह गर्दैछु ।'

No description available.

उपसभामुख मगरले आफ्नो जीवन सङ्घर्ष सुनाउँदै भनिन्,' मैले तीन दशक बढी समय देखि पीडित महिलालाई सहयोग गर्दै आएकी छु । मैले शुरुका वर्षमा पढ्न पाइन । एकै पटक पाँच कक्षमा भर्ना भए । मैलाई यसले केही जान्दिन भनेर कक्षमा हेला पनि गर्थे । तर सङ्घर्ष गर्दै जीवनमा सफलता पाए । उमेरले गर्नलाई छेक्दैन यो एक उदाहरण हो ।'  

उपसभामुख मगरले कोरोना कालमा मानव धर्म सेवा समितिसँग सहकार्यमा गरिब विपन्नहरूलाई खाना खुवाएको स्मरण गरिन् । उनले भनिन्, कोरोना कालमा दैनिक एक हजार जनालाई खाना खुवायौ । १९ महिनासम्म खाना पकाए खुवाएको अनुभव छ ।' उपसभामुख मगरले प्रिजनर्स एसिस्टेन्स नेपाल नामक संस्था सञ्चालन गर्दै आएकी छन् । उनीको नाम बीबीसीले प्रेरणादायी तथा सिर्जनाशील महिलाहरूमा समेटेको छ ।

No description available.
 
महोत्सवमा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले गुरुको महिमा, भौतिक जीवनमा अध्यात्मको महत्त्व रहेको बताइन्। महात्मा बाइजीले हाम्रा शास्त्रमा भएका कुरालाई सबैले मनन गर्नु पर्ने र शास्त्रमा उल्लेख गरिएको गुरु शिष्यका उदाहरणबाट हामीले पनि धेरै कुरा सिक्न सकिने बताइन् ।

चेतन शरीर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उनले सबैलाई प्रेरणा दिइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ' शास्त्रहरूले गुरुको महिमा गाउँदै भनेका छन् । बंदउँ गुरु पद कंज कृपा सिंधु नररूप हरि। महामोह तम पुंज जासु बचन रबि कर निकर॥ म ती गुरु महाराजको कमल चरणको पूजा गर्छु, जो दयाका सागर र पुरुषरूपमा श्रीहरि हुनुहुन्छ र जसको वाणी सूर्यकिरणको समूहजस्तै भ्रमको घनघोर अन्धकारलाई नष्ट गर्नका लागि छन्। '

उनले थपिन्,' आज सबैले गुरुको आशीर्वाद अर्पण गर्नुपर्छ । वैदिक सनातन धर्म मान्नेले आज आफ्नो गुरुको आशिर्विद लिइरहेका छन् ।  गुरुले हामीलाई ब्रम्ह साक्षात्कार हुने ज्ञान दिनुभएको छ ।'

कार्यक्रममा महात्मा लता बाइजीले गुरुभक्तका लागि गुरु पूजा भन्दा ठुलो पर्व अरू नहुने बताइन् । आफू भित्र लुकेको शक्तिलाई चिन्नको लागि सद्गुरुको शरणमा जानुपर्ने शास्त्रहरूमा उल्लेख भएको बताइन् ।

No description available.

अर्की प्रमुख अतिथि शहरी विकास मन्त्री सिता गुरुङले आफू गुरु पूर्णिमाको दिन समितिको कार्यालयमा आउन पाउँदा खुशी लागेको बताइन् ।  उनले सबै नेपालीहरू एकै सूत्रमा बाँधिएर रहेको बताइन् । उनले भनिन्,' संसारमा आउँदा हामी खाली हात आयौ खाली नै जान्छौँ ।  अध्यात्मलाई जोड्न सके समृद्ध देश बनाउन सकिन्छ। '

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवर्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ