सान्त्वना दिन नेताहरू नर्भिकमा, शेरबहादुर र आरजू फर्किए
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
1k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी सिता दाहालको निधन भएसँगै शीर्ष नेताहरू काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवासहित नर्भिक पुगेर सीतामाथि श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा सान्त्वना दिएका छन् । उनीहरु केहि समय अस्पताल बसेर फर्किएका छन् ।
साथै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि नर्भिक पुगेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छाने पनि नर्भिक पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।