arrow

प्राधिकरणको निर्णयले मुगुका हवाई यात्रुलाई सास्ती

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० साउन २५ बिहिबार
rara-airport.JPG

मुगु । नागरिक उड्डयन प्राधिकरणले गत १४ गतेबाट देशका ३० वटा विमान स्थलहरूमा दिउँसो १२ बजेपछि उडान गर्न रोक लगाउने निर्णय गरेपछि सबैभन्दा दुर्गम जिल्लामा रहेका यात्रुहरु मर्कामा परेका छन् ।

बर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेबाट दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म रोक लगाउने निर्णयले नेपालगन्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा र बाजुरा जिल्ला लगायत अन्य जिल्लाका यात्रुहरु मर्कामा परेका हुन । 

मुगुको रारा विमानस्थलमा हवाई उडान नभएको ६ दिए । हवाई यात्राबाट नेपालगन्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा हवाई जहाजको पर्खाइमा ताल्चामा बसेको छ दिन भएको छ । बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपछि आकाश खुल्ला हुन्छ । तर नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । 

आफ्नो ट्राभल्सबाट तारा एयरलाइन्स नेपालगन्ज जाने ४३ जना यात्रुहरु टिकट लिएर विमानस्थलमा जहाजको पर्खाइमा बसेको छ दिन भएको छ । प्रत्येक दिन १२ बजेपछि रारा विमान स्थल आसपासको मौसम सफा हुने भएपनि तीन महिनासम्म १२ बजेपछि उडान गर्ने रोक लगाएपछि सबैभन्दा बढी बिरामी र यात्रुहरु मर्कामा परेको हेभन रारा ट्राभल्सका बजार व्यवस्थापक सोभबहादुर भाम बताउँछन् ।

मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्व छ । उनको नाक भित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागी नेपालगन्ज जान रारा विमान स्थल आएको छ दिए । गाउँपालिकाले २० दिनलाई मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा विमान स्थल मै सकिने चिन्ता लागेको बुढाले दुखेसो व्यक्त गरिन् । 

एक गैर सरकारी संस्थामा अन्तरवार्ताका लागी काठमाडौं साउन २३ पुग्नु पर्ने छ । जहाजको लागी विमानस्थलमा आएको तीन दिन भएको छायानाथ रारा नगरपालिका-४ का धिरेन्द्र बहादुर भामले सुनाए ।

दिउँसो १२ बजे भन्दापछि उडान रोक गर्ने नागरिक उड्डयनको निर्णय हुनु भन्दा पहिला रारा विमानस्थलमा नेपालगन्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक दुई देखि ३ तीन उडान भर्दै आएका थिए । 

नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । छ दिन देखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् । रारा विमान स्थलको मौसम १२ बजेपछि खुल्ला हुने गर्छ । प्राधिकरणको निर्णयले १२: ३० भित्र जहाज उडिसक्नु पर्ने हुन्छ ।

 रारा विमान स्थलको लागी यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले भने ।
लामो समय जहाज उडान नहुँदा सडक यातायात मार्फत आफ्नो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध हुने भएका कारणले सबै जना जहाजको पर्खाइमा हुन्छन् । 

 कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट सुविधा सम्पन्न स्थान लैजानु पर्ने हुन्छ यो निर्णयले सर्बसाधरण मर्कामा परेको छाँयानाथ रारा-१० का दिर्ग बुढा बताए ।

रारा विमान स्थल लगायत अन्य विमान स्थलका लगाी गरिएको यो निर्णयलाई संशोधन गर्न माग गदै सङ्घीय पर्यटन मन्त्रिलाई ज्ञापन पत्र सहित सुझाव दिएको र प्रधानमन्त्री समेत यो विषयमा छलफल गर्नका लागी प्रयास गरिरहेको पर्यटन उद्यमी समाजका अध्यक्ष देबिकृष्णा रोकायाले जानकारी गराए ।

कणाली राजमार्ग नाम मात्रको राजमार्ग छ यो सडकमा सडक मापदण्डका कुनै संरचनाहरू छैन । त्यसमा वर्षाको समयमा कणाली राजमार्ग कति जोखिम छ भनेर साध्य छैन हत्केलामा ज्यानको बाजी राखेर यात्रा गर्नु पर्छ । विश्वमा ९९ प्रतिशत यात्रा सुरक्षाको ग्यारेन्टी रहेको हवाई उडानमा यात्रा गर्न सबै यात्रु चाहन्छ तर रारा विमान स्थल सहित ३० विमानस्थलमा मौसमको कारण देखाउँदै सम्भावित दुर्घटनाबाट जोगाउन भन्दै प्राधिकरणले गरेको निर्णयले दुर्गमका जनता झन् पिडामा परेका छन् । एयरपोर्टमा दिउँसो उडान हुँदा बिहानै घरबाट हिँडेर विमानस्थलसम्म पुग्ने गरेका ग्रामीण क्षेत्रका मानिसहरूलाई प्राधिकरणको निर्णयले खर्च बढाएको छ । बिहानै उडान हुने भएपछि अघिल्लो दिन मै बजारमा आएर बस्नु पर्ने बाध्यता छ सञ्चारकर्मी जिवन सेजुवाल बताउँछन् ।

हवाई जहाजलाई मात्र होइन प्राधिकरणको निर्णय हेलिकप्टरलाई समेत लागु हुने भएकाले दिउँसो १२ बजेपछि हुने घटना,दुर्घटना र विपत् मा परेका नागरिकलाई समेत हेलिकप्टरबाट उद्धार गर्न पाइने छैन भने सडक सञ्जालसँग नजोडिएका जिल्ला तथा गाँउहरुमा हुने विकास निर्माणका सामानहरू हेलिकप्टरको माध्यमबाट ओसार्दै आएकोमा अव दिउँसो ओसार्न पाइने छैन । यस हिसाबले सबै तिरबाट दुर्गम तथा ग्रामीण क्षेत्रका जनता नै प्राधिकरणको निर्णयबाट सबै भन्दा बढी प्रभावित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ