arrow

ओली कप मङ्सिरको पहिलो साता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
kp-sharma-oli-2080-06-08.jpg

कास्की । ‘प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता’ आगामी मङ्सिर पहिलो साता पोखरामा हुने भएको छ । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा ओली कप हुने भएको हो ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए।

प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ