नक्कली शरणार्थी प्रकरणः टोपबहादुर जेलभित्र, छोरा बाहिर
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
1k
Shares
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीलाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।
उच्च अदालत पाटनले थुनछेक विरुद्धको पुनरावेदनमा आज शुनुवाइ गर्दै उनलाई छाड्न अस्वीकार गरेको हो । न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।
रायमाझीका छोरालाई भने ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।