arrow

माधव नेपाल लक्षित ओलीको टिप्पणी- त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
kp-oli-11-10.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता-कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । 

उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने बताए । उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे ।

उनले भन्नुभयो, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्त्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् ।  किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ ।’ 

पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरू रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ