महतो निषेधित क्षेत्र तोड्न माइतीघर मण्डला जाँदा धरपकड [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
1.2k
Shares
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेका छन् ।
सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरुले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।
निषेधित क्षेत्रमा पुगेपछि धरपकड भएको छ । महतो पनि पक्राउ परेका छन् ।