arrow

इलामको मंगलबारे पुगेर ओलीले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
kp-oli-ilam.jpg

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई भोट माग्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलामको मंगलबारे बजार पुगेका छन् । 

मंगलवारे पुगेका ओलीले पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गरेका छन् । आज मंगलवारेमा आयोजित चुनावी सभामा बोल्दै उनले देश बनाउने सङ्कल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताए।

सुहाङले इलाम बनाउने अवसरको रूपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने, ‘देश बनाउन भन्ने सङ्कल्प बोकेर हिँडेको युवा व्यक्तित्व, एक्लै देश बन्दैन । बिना योजना, विना उद्देश्य, बिना गन्तव्य देश बन्दैन । गन्तव्य बोकेर, उद्देश्य बोकेर हिँडेको युवा भनेर मैले सुहाङ नेम्वाङलाई भने । किनभने गन्तव्य भएको, कहाँ पुग्ने हिँडेको भन्ने थाहा भएको, देश बनाउने सङ्कल्प बोकेको सांसद हुने मात्रै उद्देश्य होइन । सांसद हुने भनेको त काम गर्ने एउटा अवसर हो । माध्यम हो । देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार हुन सुहाङ ।’

सुहाङ नेम्वाङ पूर्वसभाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्र निर्वाचन हुन लागेको हो । 



लोकप्रिय समाचार
नयाँ