arrow

सयको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयमा बाबुरामको आपत्ति [भिडियो]

तीतो मात्रै पोखेर र मुख मात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
baburam-bhatrai-01-25.jpg

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षीय निर्णय गरेको भन्दै एकपक्षीय निर्णय लिनुको कुनै तुक नरहेको टिप्पणीसमेत भएको छ । 

भारतीय विदेश मन्त्री एस. जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । गत वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले जारी गर्न लागिएका एक सय रुपैयाँका नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । 

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा गर्न आवश्यक रहेको बताए । उनले नयाँ नक्सा नेपाली नोटमा राख्नेबारेमा सरकारले लिएको निर्णयलाई अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा भएको जिकिर गरे । उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवादका समस्या हल गरेर जान सकिने बताए । उनले सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढङ्गले नै हल गर्नुपर्ने बताए । उनले सीमा समस्या की त युद्ध लडेर हुने की त कूटनीतिक तरिकाबाट हल हुने भन्दै कूटनीतिक तरिकाबाट हल समस्या समाधान नहुने पनि बताए । 

उनले भने, ‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ । समष्टिगत ढङ्गले गर्नुपर्छ । अंश अंश गरेर यो हल हुँदैन । अलि अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ । यसको हल भनेको ईपीजी वा नयाँ किसिमको इपिजी वा त्यस्तै अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढङ्गले नै हल गर्नुपर्छ । अंश अंश मात्रै हल गरेर हुँदैन । भारतसँग कतिपय समस्या, सुगौली सम्धीबाट निर्माण गरिएको जुन हाम्रो सिमाना छ, त्यति बेलादेखि नै बाँकी रहेका हाम्रा समस्या छन् । कालापानी, लिपुलेक, लिम्पियाधुराको ठाउँ, नवलपरासीको सुस्ता लगायतका ठाउँमा समस्या हल गर्न बाँकी छ । ईपीजी भनेर अघि सार्नुको कारण ती सीमा समस्या पनि ध्यान दिने हो । जुन भारतसँगको खुला सिमाना छ हाम्रो त्यसले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर जाने र त्यसले उद्योग धन्दाहरूको विकासमा असर परेको छ । आगामी दिनमा यो क्षेत्रमा जुन सामरिक स्वार्थ टकराउँछ । भारत-चीन र अमेरिकाको टकराब त देखि नै हालियो । सीमा समस्या की त युद्ध लडेर हुन्छ,की त कूटनीतिक तरिकाबाट हल हुन्छ । खाली तीतो मात्रै पोखेर र मुख मात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ