arrow

मिडियाभित्रै प्रहरी पसेर सिरोहिया पक्राउ परेपछि सबै कम्युनिष्ट घटकको समान धारणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kailash-sirohiya-arrest-81-.jpg

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहिया पक्राउका सन्दर्भमा सत्ता गठबन्धनका प्रमुख तीन नेता मात्र होइन कम्युनिष्ट पार्टीहरुकै धारणा समान देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने मात्र होइन अन्य कम्युनिष्ट घटकहरुले पनि आफ्नो धारणा समान रहेको बुझिएको छ ।

नेकपा एसले तत्कालै आफ्नो धारणा सार्वजनिक गर्यो तर स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप हो भन्ने सकेन । मोहन वैद्य समूह, नेकपा विप्लव, सीपी मैनालीको नेकपा माले लगायतका दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीका दल र नेताहरुले मुख खोल्न सकेका छैनन् । मूलधारका मिडियामा कार्यरत सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हो भनेर विशेष सम्पादकीय लेखेर विरोध गरेका छन् । 

प्रधानमन्त्रीलाई ज्ञापान पत्र बुझाएका छन्, पक्राउको जिम्मेवारी प्रधानमन्त्रीले लिइसकेका छन्, सबै मिडियाहरुले यो विषयमा राज्यको प्रस्तुति असमान भयो भनेर विरोध गरिरहेका छन् । 

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र प्रजातनन्त्रिक खेमाका राजनीतिक दलहरुले यो कान्तिपुर मिडिया ग्रुपमा अध्यक्षलाई पक्राउ गर्दा सरकारी रवैयाको विरोध उत्रिएका छन् । 

खासगरी उनलाई लागेको फौजदारी अभियोग भन्दा पनि उनको पक्राउका लागि तयार पारिएको पृष्ठभूमि गलत रहेको जनाउँदै विरोध गरेका हुन् । तर कम्युनिष्ट पार्टीका मुख्य नेताहरु भने यो विषयमा मौनधारण गरिरहेका छन् । 

सत्तामा रहेका दुई कम्युनिष्ट पार्टीका प्रमुख नेताको भने अभिव्यक्ति समान रहेको छ ।  प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई ठूलो स्वर गरेर बोल्नुपर्ने अवस्था नभएको बताउँदै आएका छन् । 

सिरोहिया पक्राउ पर्नु सामान्य भएकाले बढ्ता हो–हल्ला गर्नु र प्रेस स्वतन्त्रता खतरा परेको भन्नु उचित नभएको भन्दै प्रेसमाथि चर्को दबाब राख्न खोजेका हुन् ।

एसियाली राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्ड शिलान्यासका लागि झापा पुगेका एमाले अध्यक्ष ओलीले सिरोहिया पक्राउबारे स्थानीय सञ्चारकर्मीको जिज्ञासामा ‘यसमा ह्यु एन्ड क्राई धेरै भइरहेको छ। त्यस्तो गर्नुपर्ने विषयजस्तो लाग्दैन’ भन्दै सामान्यकीकरण गरेका थिए । 

त्यहीबेला प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा पनि यस्तै अभिव्यक्ति दिएर बोलीमा लोली मिलाएका थिए ।

 ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूलाई चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया बुझ्या छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई।’ 

उनले सम्पादकहरुको भेटघाटमा अदालतबाट पक्राउ पुर्जी आएपछि आफूले रोक्न नसकेको प्रतिक्रिया दिएर सम्पादकहरुलाई अल्मल्याएका थिए । ओलीले बिहीबार सुनसरी आइपुगेर पनि यस्तै प्रतिक्रिया दिएका थिए ।

 ‘यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने । एकजना मिडिया हाउसका मान्छे गिरफ्तार भए डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ?’ सही हो कि गलत भयो, म त्यता जान चाहन्न । 

टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला । तर डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरु खोसिएकै हुन् तरु यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो,’ ओलीले यसो भनेर सामान्यीकरण गर्न खोजेका थिए । 

माओवादीका नेताहरुले प्रचण्डबाहेक कसैले प्रतिक्रिया दिएका छैनन् । एमालेका नेताहरुमध्ये प्रदीप ज्ञावाली र योगेश भट्टराईले भने यो विषयमा गोलमोटल प्रतिक्रिया दिएर टारेका छन् । 

ज्ञवालीले मिडिया हाउसमै गएर प्रहरीले पक्राउ गर्नु गलत रहेको प्रतिक्रिया दिएका छन् भने भट्टराईले सरकारी धारणा के हो यो विषयमा प्रष्ट बाहिर आउनुपर्ने बताएर उम्किएका छन् । 

सिरोहियाका जाहेरवाला इन्द्रजीतप्रसाद महतो रास्वपाका मधेश प्रदेश सदस्य भएकाले रवि लामिछानेले आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ । 

समाचार प्रकाशित गरेकै आधारमा मिडिया ग्रुपमाथि हमाला गर्ने राज्यको नियत ठीक नभएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेस संगठनहरुलेसमेत विरोध गर्दै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ