arrow

प्रतिपक्षको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
parliament-81-2-13.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संसदीय छानबिन समितिमार्फत छानबिन गर्नुपर्ने माग राख्दै प्रतिनिधि सभाको बैठक अवरोध गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ गते अपरान्ह ४ बजे बस्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ