arrow

अब ओलीलाई के दोष दिनु, महाधिवेशनले नै पास गरिसकेपछि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
madhav-02-26.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमालेको आठौँ र नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो । 

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क थियो । अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गरे । उनले आफ्नो पार्टीले वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजाने बताए ।

अध्यक्ष नेपालले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सार्‍यो । अरू पार्टीले भन्न सकेका छैनन् । हिजो नवौँ महाधिवेशनले पनि धेरै गलत कुराहरू अगाडि सार्‍यो । जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन । त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो । तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन । हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौं । अहिले समाजवादी मोर्चा नयाँ ढङ्गले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौं । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाऊ भन्दै हुनुहुन्छ । त्यसै गरी अशोक राईको समूहले पनि मिलेर जाउँ भन्दै हुनुहुन्छ । अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाउँ भनिरहेका छन् । त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौँ । यी सबै वामपन्थी शक्तिहरूलाई मिलाएर एकताबद्ध बनाएर हामी अगाडि बढ्छौँ । तर हामी जोड के दिन चाहन्छौ भने वर्ग सङ्घर्ष अनि राजनीतिक सङ्घर्ष, राजनीतिक मोर्चा । यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ