arrow

एसईईको नतिजा टेलिकमबाट सजिलै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
see-telecom-2081.jpg

काठमाडौँ । एसईई परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको जनाएको हो । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर  एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । 

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । 

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/  मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ