arrow

जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक- प्रधानमन्त्री ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
kp-oli-07-08.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताएका छन् । बिहीबार काठमाडौंमा संयुक्त राष्ट्र सङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमनदीहरू पग्लिनु, अप्रत्याशित मनसुन परिवर्तन हुनु र प्राकृतिक प्रकोपहरूमा वृद्धि हुँदा नेपालले ठूलो जनधनको क्षति भएको बताए । 

नेपालमा हालै आएको विपद्ले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपालजस्ता जलवायु परिवर्तनको कारण समस्यामा रहेका देशहरूलाई आर्थिक सहयोग गर्नुपर्ने बताए । मानव जातिको साझा खतरा विरुद्ध सामूहिक रूपमा लड्ने बेला भएको बताए । जलवायु विपद्सँग लड्न नेपाल आफ्नो भूमिका खेल्न तयार रहेको भन्दै जलवायु लचिलोपन र दिगोपनलाई प्राथमिकता दिने विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न तयार रहेको बताए । उनले नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिविद्धतामा अडिग रहेको बताए ।  शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासहरूलाई समर्थन गर्न नेपाल प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासभाले जलवायु परिवर्तन, जैविक विविधताको हानि र वातावरणीय ह्रासका बढ्दो प्रभावहरूलाई प्राथमिकता दिनेमा विश्वस्त रहेको बताए ।  नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान दिए पनि असमान रूपमा प्रभावित भएको बताए । नेपालको परराष्ट्र नीतिको एक अङ्गको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठुला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ