arrow

एआई सम्मेलन

केपी ओली भन्छन् – जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
ai-conference-oli-81-7-11.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन शुरु भएको छ ।

आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । 

सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए । 
 
एआई सम्मेलनमा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए । 
 
 “विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ ।” उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।

अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । उनले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“नेपालमा पहिलो एआई सम्मेलन हुन लागेको छ । यसबाट सरकार तथा युवावर्गलाई एआईका सम्बन्धमा जानकारी गराउने छौँ”, अध्यक्ष थबेले भने, “सूचना प्रविधिका क्षेत्रमा पनि नेपाललाई अगाडि बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” उनका अनुसार सम्मेलनमा नेपाली र विदेशी गरी करिब एक हजार जना सहभागी हुनेछन् । 

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन् । 

युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उनले बताए । 
 

ai-conference-kp-oli (6).jpg
ai-conference-kp-oli (7).jpg
ai-conference-kp-oli (8).jpg
ai-conference-kp-oli (1).jpg
ai-conference-kp-oli (2).jpg
ai-conference-kp-oli (3).jpg
ai-conference-kp-oli (4).jpg
ai-conference-kp-oli (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ