arrow

प्रदेश सरकारले माग गरेका कानून चाँडै बन्नेछन्ः सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
devraj-08-01.jpg

मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताएका छन् ।

उनले प्रदेश सरकारले माग गरेका कानुन छिट्टै निर्माण गर्ने गरी तयारी भइरहेको बताए । त्यसका लागि आफूले सरकारसँग नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो । 

उनले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

“अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ, यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्”, उनले भने, “अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।”

सभामुख घिमिरेले विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ