arrow

अध्यादेशको अन्योलबीच प्रधानमन्त्री ओलीले बोलाए संयन्त्रको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
Baluwatar_PM_Residence.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठक साँझ  ५ बजे बालुवाटारमा बस्नेछ । 

सरकारले ल्याएका अध्यादेशलाई सदनमा प्रस्तुत गर्न नसक्दा अन्योल भइरहँदा ओलीले संयन्त्रको बैठक बोलाएका हुन् । राष्ट्रिय सभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ पेश हुन सकेको छैन । 

प्रतिनिधि सभामा एमाले र कांग्रेसको बहुमत पुगे पनि राष्ट्रिय सभामा भने बहुमत छैन । जसका कारण सरकारलाई अध्यादेश जारी गर्नु फलाममा च्युरा चपाएसरह भएको छ । 

सरकारले गत १८ गते शुक्रबार ६ वटा अध्यादेश संसदमा पेश गरेको थियो । सचिवालयका अनुसार तिनै अध्यादेशसँगै विपक्षी दलहरु संसदमा कडा रुपले प्रस्तुत भएसँगै सत्ताधारी दलहरुको प्रस्तुतिका बारेमासमेत गहन छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ