पूर्वराजाको काठमाडौँमा भव्य स्वागत, जुलुसमा सहभागी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
718
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । उनी पोखराबाट परिवारसहित समिट एयरको विमानमा अपरान्ह काठमाडौँ आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न राजावादीहरु, राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरु विमानस्थल पुगेका थिए । काठमाडौँ फर्केसँगै पूर्वराजाको स्वागतमा गएकाहरुसँग साथसाथै जुलुसमा सहभागी भएका छन् ।
उनी माघ २७ गते पोखरा गएका थिए । उनको स्वागतका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन गरेका हुन् । योसँगै गणतन्त्रवादीहरुमा केही न केही त्रास फैलिएको छ ।
किनकि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेसको कार्यक्रम स्थगित गरी काठमाडौँ फर्के भने संसदका दुवै सदनमा चर्को विरोध भइरहेको छ ।
साथै गणतन्त्रवादीहरुलाई एक जुट हुन आग्रह गरिएको छ ।