arrow

संसद्‌मा प्रधानमन्त्री ओली

संविधान मिच्ने पूर्वराजालाई पनि कारबाही हुन्छ - प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
oli-kp-12-18.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने पूर्वराजालाई पनि कारबाही हुने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान मिच्ने पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि कारबाही हुने बताएका हुन् । 

उनले तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उल्लेख गरेका हुन् । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । 

उनले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेको समेत आरोप लगाए । उनले व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले उश्रृंखल श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ? भन्दै प्रश्न समेत गरे । 

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने काम गर्‍यो । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन । ’

प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर विरोध जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ