ज्ञानेन्द्रका नातिलाई ओलीको सुझाव - राजा हुने सपना देखे सपनामै जिन्दगी जाला [भिडियो]
सुरक्षा पन्तको पक्षमा बोले, भन्छन् - ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
1.1k
Shares
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका नातिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका हुन् ।
उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए । केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्व युवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाउनु भएको थियो । पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ ।
प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’