arrow

राष्ट्रिय सभामा प्रधानमन्त्री

जनताका आकाङ्क्षाहरू सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको छ - प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
oli-upper-house.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शैली र संस्कृतिका साथ अगाडि बढ्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको बताए । 

नीति तथा कार्यक्रमले सुशासन र विकासको बाटोलाई तीव्रता दिने गरी आएको बताए । उनले नेपाली जनताले हटाइ सकेको राजतन्त्र पुनर्स्थापनाका लागि हिंसात्मक गतिविधि गरी अराजकतालाई राजनीतिक आचरणको रूपमा स्थापित गराउने खोज्नेहरूलाई परास्त गर्ने गरी नीति तथा कार्यक्रमले मार्ग निदेश गर्ने बताए । उनले सत्ता साझेदारी सबै दलहरूसँग गम्भीर बहस र छलफल गरेर नीति तथा कार्यक्रम प्रस्तुत भएको जिकिर गरे । उनले संविधानको मार्गदर्शन लगायतका पक्षहरू र जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने तथा प्रभावकारी संयोजन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।

उनले भने, ‘आगामी आर्थिक वर्षमा हामी कस्ता नीति र कार्यक्रमका साथ अघि बढ्छौँ, कस्ता योजनाका साथ अघि बढ्छौँ, कुन कार्यशैलीका साथ अघि बढ्छौँ भन्ने कुरा नयाँ ढाँचाले मुख्य रूपमा यी दुई वटा दल र अरू सत्ता साझेदार दलहरुसमेतसँग गम्भीर परामर्श र छलफल गरेर यो नीति तथा कार्यक्रम आएको हो प्रस्तुत भएको हो । यसमा समयको आवश्यकता, संविधानको मार्गदर्शन लगायतका पक्षहरू र जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने गरी प्रभावकारी संयोजन गर्ने गरी यो नीति तथा कार्यक्रम आएको हो । यस कार्यक्रमले जनतामा रहेको वा जनतामा फैलाउन खोजिएको बलजफती फैलाउन खोजिएको निराशा यत्रो विकास भइरहेको छ तर केही भएकै छैन । व्यवस्थामा परिवर्तन भयो अवस्थामा परिवर्तन भएको छैन भन्ने एउटा हुह्या चलाइएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको भद्दा ढङ्गले दुरुपयोग गरेर । वातावरण बिगार्ने कोसिस गरिएको छ, समाजमा अराजकतालाई राजनीतिक आचरणको रूपमा स्थापना गर्न खोजिएको छ । लोकतन्त्रलाई अस्वीकार गर्ने र हजारौँ वर्ष पुरानो मकिएको राजतन्त्र जो ढल्यो त्यस सको पक्षमा खुलेयाम वकालत गर्ने मात्रै होइन कि त्यसका निम्ति जे पनि गर्ने आगजनी तोडफोड, हत्या, पार्टी कार्यालयहरूमा तोडफोड आगजनी नेताका घरमा आक्रमण । त्यस खालको अवस्थाबाट सरकारलाई तेजोबोध गर्न खोज्ने सकारलाई विस्थापित गर्न खोज्ने प्रयासहरु भइरहेका बेला नीति तथा कार्यक्रम आएको छ । यो अवश्य पनि स्थिरता लागि, सुशासन र विकासका लागि । तीव्र विकासको बाटोमा लाने गरी नयाँ नीति नयाँ शैली र नयाँ तरिका र संस्कृतिका साथ अगाडि नि बढाउने गरी यो आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ