कांग्रेसमा सच्चा त्यागी र समर्पित व्यक्ति नगण्य - देउवा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
737
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरूको संख्या नगण्य रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै देउवाले स्वर्गीय रेग्मीजस्ता त्यागी र निस्वार्थ व्यक्ति पार्टीमा कमै पाइने उल्लेख गरे।
उनले भने, "उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो। धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्। सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन्।"
देउवाले स्वर्गीय रेग्मीलाई भेट्न नपाएकोमा दुःख व्यक्त गर्दै उनी पार्टीका लागि अत्यन्तै समर्पित साथी भएको बताए। उनले स्वर्गीय रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छवि उजागर गर्न जरुरी रहेकोमा पनि जोड दिए।