arrow

नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
ramhari-23.jpg

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरिकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको जानकारी दिए।

सभापति खतिवडाका अनुसार, विधेयकमाथि अब बेलायती सेनामा रहेका ब्रिटिश गोरखा र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिसँग एक पटक छलफल गरेर अघि बढाइनेछ।

उनले भने, "अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं। यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौँ। एक पटक बेलायती सेनामा रहनुभएका साथीहरू र एनआरएनका केही पूर्वअध्यक्षहरूसँग छलफल गर्छौं। त्यसपछि समितिमा नै दफावार छलफल गरेर मन्त्रीज्यू र हामी सबैको चाहनाअनुसार यही अधिवेशनमै यो विधेयक लैजाऔँ भनेर हामी सबै एक भएका छौँ। कोही सत्ता पक्ष र प्रतिपक्ष भएका छैनौँ।"

समितिको बैठकमा आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ