arrow

प्रतिनिधि सभामा प्रधानमन्त्री

प्रधानमन्त्री ओलीको प्रस्ताव: लोकतान्त्रिक प्रणाली सुदृढ गर्न संविधान संशोधन गरौँ [भिडियो]

राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
kp-oli-dd.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा देखापरेका व्यवहारिक कमजोरीहरू सच्याउन संविधान संशोधनको प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ बनाउने गरी संविधान संशोधन आवश्यक भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई थप प्रभावकारी बनाउन, विकासको गतिलाई तीव्रता दिनेगरी, र मुलुकलाई एकताबद्ध बनाउने लक्ष्यसहित संविधान संशोधन गर्न आवश्यक रहेको बताए। उनले संविधान संशोधनले लोकतन्त्र र संस्थागत प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

ओलीले भने, "संविधान कार्यान्वयनको क्रममा व्यवहारमा देखिएका केही कमजोरी छन् भने यस प्रणालीलाई र लोकतन्त्रलाई मजबुत बनाउनेगरी संशोधन गरौँ। विकासलाई अगाडि बढाउनेगरी, देशलाई अगाडि बढाउनेगरी, देशलाई एकताबद्ध बनाउनेगरी संशोधन गरौँ। तर मनोवैज्ञानिक ढंगले देशलाई विभाजित गर्नेगरी होइन।" उनले राष्ट्रिय एकता कायम गर्नेगरी र लोकतन्त्रलाई मजबुत बनाउनेगरी संविधानलाई संशोधन गर्न जरुरी रहेकोमा जोड दिए। "हामीले अपनाएको प्रणालीलाई थप प्रभावकारी कार्यान्वयन हुनेगरी संविधान संशोधन गरौँ," उनले थपे।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। उनले आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणीसमेत गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ