सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य हुनुपर्छ: सभामुख घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
484
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले मागहरू लिएर सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने अहिलेको परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई को नेतृत्वमा आएको टोलीबाट बाँसबाट बनेका सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले यदि कुनै माग अव्यावहारिक वा अनुचित छ भने त्यसलाई तत्कालै सम्भव नभएको कुरा स्पष्ट रूपमा भन्न सक्नुपर्ने बताए। उनले सबै प्रयास गर्दा पनि सुनुवाइ नभएमा सडकमा गएर आन्दोलन गर्नु असंवैधानिक नभए पनि, त्यस्तो अवस्था आउन नदिनेतर्फ सरकार र सम्बन्धित निकायहरू जिम्मेवार हुनुपर्ने धारणा राखे।
बाँसका सामग्रीहरूको प्रवर्द्धनका लागि संसदमा कुनै कानुनहरू अड्किएका भए त्यसलाई अगाडि बढाउन प्रतिनिधिसभा सधैँ अग्रसर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।