arrow

तेह्र क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा गाभ्न प्रधानमन्त्रीलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
road-delay-china-pm-oli-(3).jpg

काठमाडौं । सुदूरपश्चिमका विभिन्न १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ। नेकपा (एमाले)का सचिव लेखराज भट्टको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री ओलीलाई भेटी यो माग राखेको हो।

टोलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त गरी सुदूरपश्चिम प्रदेशमा सञ्चालित यी क्याम्पसहरूलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न आग्रह गरेको हो।

समायोजनका लागि प्रस्तावित क्याम्पसहरू

समायोजनका लागि माग गरिएका क्याम्पसहरूमा निम्न रहेका छन्:

भानु बहुमुखी क्याम्पस, दोधरा चाँदनी, कञ्चनपुर

अछाम बहुमुखी क्याम्पस, मङ्गलसेन, अछाम

लम्की बहुमुखी क्याम्पस, कैलाली

केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, डोटी

शङ्करपुर क्याम्पस, दार्चुला

घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली

कृष्ण वैजनाथ बहुमुखी क्याम्पस, झलारी, कञ्चनपुर

पुचौडी बहुमुखी क्याम्पस, हाट, बैतडी

बझाङदीप बहुमुखी क्याम्पस, बझाङ

सुनकुडा बहुमुखी क्याम्पस, बझाङ

भीमदत्त बहुमुखी क्याम्पस, डडेल्धुरा

महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर, बैतडी

प्रधानमन्त्रीको प्रतिबद्धता

भेटमा अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा नै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट ती १३ वटा क्याम्पसलाई समायोजन गर्ने निर्णय गरेकोले चाँडै समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो अवसरमा एमाले सचिव भट्टसहित एमाले नेता गणेश ठगुन्ना र एमालेकै नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ