प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
864
Shares
काठमाडौं। शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।
चीनको तियान्जिन अतिथि गृहमा भएको यस भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे तियान्जिन विन्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।