सांसद खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिमा गरे मनोनयन दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
722
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदका लागि बिहीबार मनोनयन दर्ता गरेका छन्।
संसदीय सुनुवाइ समितिको सभापति पदका लागि निर्वाचन शुक्रबार हुँदैछ। यसअघि खतिवडा राज्य व्यवस्था समितिको सभापति थिए। उनको राजीनामापछि कांग्रेसले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको थियो।
यसअघि, सुनुवाइ समितिको सभापति रहेकी कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त थियो।