arrow

सरकारले वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन : खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
ramhari-khatiwada-28-06-082.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् । 

मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा उनले पार्टीभित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औँल्याएका हुन् । 

‘हामी केवल कांग्रेस भित्रको एकतामात्र कुरा गरिरहेका छैनौँ । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौँ । अन्य पार्टीसँग सल्लाह गरेर अघि बढाउन यस पटकको बैठक एउटा कोशेढुङ्गा सावित हुने विश्वास गरेका छौँ ।’

उनले कांग्रेस एकतावद्ध नभई मुलुकको अहिलेको राजनीतिक अवस्था नसुध्रिने भन्दै संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रित बनाएर युवापुस्तालाई आकर्षित गराउनुपर्ने बताए । 

‘बैठकमा कांग्रेस अझ बढी एकिकृत एवं एकताबद्ध भएर प्रस्तुत हुनेछौँ । कांग्रेसलाई पहिलो पार्टीका रुपमा लानुपर्नेछ । संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रित बनाएर युवालाई आकर्षित बनाउनुपर्ने छ । त्यसैले हामी सबैलाई समेटेर अगाडि जाने प्रयास गर्दैछाँै’, उनले भने ।

उनले चुनाव गराउने गरी सरकार लागे कांग्रेस पछाडि नजानेसमेत बताए। साथै, हालको सरकारले देशमा बहुदलीय प्रतिस्पर्धा र राजनीतिक दलहरू छन् भन्ने कुरा बिर्सिएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ