arrow

एमाले महाधिवेशनले फेरि पनि ओलीलाई नै अध्यक्ष बनाउने रिमालको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
bishnu-rimals.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन्। उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।

उनले भने, “टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाईनल गरिसकेका छौँ। अध्यक्ष केपी ओली हुनुहुन्छ। यो चाहीँ ठहर नै हो। साथीहरुले लेखेरै राख्नु भएपनि हुन्छ। छाप्नु भएपनि हुन्छ, बजाए पनि हुन्छ। २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ? भन्दाखेरी केपी शर्मा ओली। यसमा हाजिरी जवाफमा फेलै खाईन्न। पूरै नम्बर आउँछ।” उनले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमतीमै हुने अवस्था रहेको तर्क गरे।

उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ