ओलीको दाबी - आगामी निर्वाचनपछि एमाले सरकारमा आउँछ [भिडियो]
फागुन २१ मा चुनाव हुँदैन, हामी पर्खिरहेका छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
906
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने बताए। अध्यक्ष ओलीले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरू सो निर्वाचनको पर्खाइमा रहेको समेत बताए।
अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने बताए ।
"फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु – अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो।... अव एमाले एउटा बाढी जस्तो होइन। विशाल नदीमा आएको बाढीजस्तो जसलाई माछाको भाटासाटा लगाएर के के गरेर यसो आली जस्तो बनाएर रोकिनेवाला छैन। त्यो आयो आयो।"
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहोर्याए।