ओलीको साहित्य चर्चाः सन्तुष्टिमात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
890
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमूलक हुनुपर्ने बताएका छन् ।
शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।
उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनका लागि र उद्देश्यमूलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ ।
उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउने बताउँदै उनले विश्वका विभिन्न क्रान्तिका प्रेरक, साहित्यका र रचनाकार रहेको बताए ।
समाजउपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ । आफ्ना अनुभूति र साहित्यिक प्रतिभालाई बाहिर ल्याउनुपर्ने उनले बताए ।