arrow

एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
oli-umedwari.jpg

काठमाडौँ । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। ओलीले एमालेको नेतृत्वमा तेस्रो कार्यकाल का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

ओलीले उम्मेदवारी दर्ता गराएसँगै अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल बिच प्रतिष्पर्धा हुने निश्चित भएको छ। यसअघि नै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले अध्यक्ष पदका लागि रु १५ हजार उम्मेदवारी शुल्क तोकेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ