arrow

[समय सन्दर्भ] : वीपीको मेलमिलाप र मधेसवादीको गरिब मानसिकता !

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
BP--koirala-fnl-.jpg.jpeg
काठमाडौं । पुस १६ अर्थात राष्ट्रिय मेलमिलाप दिवस । यसपटक पनि राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस्तै, मेलमिलाप नीतिको अवधारणा अघि सार्ने जननायक तथा साहित्यकार वीश्वेश्वरप्रसाद कोइरालाको योगदान चिल्याउन बनेको वीपी कोइराला मेमोरियल ट्रष्टले समेत ४० औं राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । यस्तै, सोही अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् । यद्यपि, एक मेलमिलाप दिवसकै एक दिन अघि बाराको कलैयामा रहेको कांग्रेस पार्टी कार्यालय परिसरको वीपीको शालिक तोडफोड भयो । शालिक विरुप भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले कार्यालय तोडफोडकै क्रममा शालिक तोडेका हुन् । मधेस आन्दोलनकै पेरिफेरिबाट पुस १६, २०१६ र मधेस समस्याको अर्थ खोज्ने बेला आएको छ । 
 
वीपीलाई एक दिन अथवा दुई दिन औपचारिकताका लागि सम्झिने विद्यमान पराम्पराबीच मधेस समस्याको अर्थ वीपीसंग जोडिएको छ । वीपीले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिको बढीनै चर्चा हुने गरे पनि व्यवहारतः त्यसो हुन सकेको छैन । पुस १६ र २०१६ संग मधेस र वीपीको सन्दर्भ जोडिएको छ । वीपीकै अवधारणाकै पेरिफेरीमा मधेस रुमलिरहेको छ । वीपीले पहाडीया र मधेसीबीचको तिक्तता हटाउन २०१६ को आम निर्वाचनमा मधेसबाट पहाडी मूलका उम्मेद्वारलाई विजयी गराए । वीपीले सोही समयमा मधेसी मूलका नागरिक र पहाडी मूलका नागरिकको मेलमिलापका लागि अर्को पटकको निर्वाचनदेखि पहाडबाट मधेसी मूलका नागरिकलाई निर्वाचित गराउने प्रतिवद्धता गरे । सो अवधारणा अघि सारेका वीपी कोइराला देखि हाल सम्म कुनै मधेसी मूलको नागरिक पहाडबाट निर्वाचन लड्ने वातावरण दलहरुले बनाउन सकेका छैनन् ।
 
मधेस केन्द्रीत दलहरु समेत समावेशी प्रतिनिधित्वकै लागि संघर्ष गरिरहेका छन् । राष्ट्रिय मेलमिलापका लागि मधेसमा क्रियासिल लोकतन्त्रवादीहरु समेत पहाडमा उम्मेद्वारी दिने हिम्मत राख्नुको साटो मधेस एकलौटी हत्याउने मानसिकतामा छन् । जसको अर्थ राष्ट्रिय मेलमिलापको नारा मात्रै दिने लोकतन्त्रवादीहरु लोकतान्त्रिक प्रस्पर्धाको स्वीकार्ने बलियो मानसिकता बोक्न सक्षम छैनन् भन्ने नै हो । । जसको फाइदा कम्युनिष्टहरुले उठाउँदै गएका छन् । कम्युनिष्टहरुले आफुहरुभित्र मात्रै लोकतान्त्रिक अभ्यास रहेको ठोकुवा गर्दै लोकतन्त्रवादीहरुलाई कटाक्ष गर्न थालेका छन् । लोकतान्त्रिक प्रतिस्प्रर्धा स्वीकार्न नसक्ने लोकतान्त्रिक पार्टीहरु समावेशीका आवाज बुलन्द पार्दै जानु कमजोर मानसिकताकै गतिलो उदाहरण हो । वीपीले अघि सारेको सद्भावको राजनीतिक अभ्यास कयौं वर्षसम्म किताबका पन्नाहरुमा खुम्चिएर बसको छ । 
 
देशमा समस्या विकराल बन्दै जाँदा वीपीलाई सम्झेर पछुतो मान्ने राजनीतिज्ञहरु व्यवहारिक बन्न सकेका छैनन् । लोकतान्त्रिक बन्न सकेका छैनन् । बलियो बन्न सकेका छैनन् । अधिकार र पहिचानका नाउमा विभिन्न सम्झौता गर्न पछि नपरेका लोकतन्त्रवादीहरुमात्र होइनन्, गणतन्त्रवादीहरु समेत गरिब र दरिद्र मानसिकताबाट माथि उठ्न सकेका छैनन् । जसले आज नागरिकले दुःख पाइरहेका छन् । राजीतिमा ब्ल्याक मेल भइरहेको छ । नीहित स्वार्थका लागि राष्ट्र र राज्यबीच घमासान लडाई चलिरहेको छ । जन नायक वीपी कोइरालाले राष्ट्रियता सङकटमा परेको बेला भारतीय निर्वासनबाट स्वदेश फर्किएर मेलमिलापको नीतिमा जोड दिएका थिए ।
 
विक्रम सम्बत २०३३ सालमा पुस १६ मा वीपी, गणेशमान सिंहलगायतका नेता राष्ट्रियता खतरामा परेको भन्दै ‘राष्ट्रिय मेलमिलाप’को अवधारणा ल्याएर स्वदेश फर्किएका थिए । वीपीलाई मेलमिलाप दिवस र कुनै औपचारिक कार्यक्रमको भाषण तथा उनको जन्मजयन्तीमा सम्झिने र माल्यार्पण गर्ने भन्दा बाहेक कुनै नौला गतिविधि हुन नसक्नु लोकतन्त्र संस्थागत नहुनुको ज्वलन्त उदाहरण हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ