- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । कांग्रेसको नेतृत्वमा संबिधान निर्माणपछि अब गाउँमा विकासको मुहार फेर्ने नेपाली कांग्रेसलाई जिताउनु पर्ने कांग्रेसका केन्द्रीय नेता गगन थापाले बताएका छन् ।
इलाम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने, ‘कांग्रेसको अबको लडाई भनेकै नेपालबाट गरिबी हटाउनु नै हो ।’
एमाले र माओवादी कांग्रेसका शत्रु हैनन्, कांग्रेसको शत्रु गरिबी हो भन्दै थापाले यसलाई हटाउन अब कांग्रेसको नेतृत्व आवश्यक रहेको दावी समेत गरे ।
इलामको विकासको लागि इलाम नगरपालिकाको मेयरमा हिमालय कर्मचार्यको जस्तो निष्ठावान तथा बिभिन्न लोकतान्त्रिक आन्दोलनमा इलामको नेतृत्व लिएका विकासप्रेमी नेतालाई जिताउन पूर्व मन्त्री थापाले सबैलाई आग्रहसमेत गरे ।
उपमेयरमा भने कांग्रेसबाट चन्दा कार्कीले उम्मेदवारी दिएकी छिन् ।
इलाम नगरपालिकाको वडा नं ४ र वडा नं ५ को सयुक्त आमसभामा असारे झरी परे पनि छाता ओढेर सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
इलाम नगरपालिकाले वडा नं ४ मा इलाम क्षेत्रीय सभापति नुतनदेव दुलाल र वडा नं ५ मा पदम पौडेललाई उम्मेदवार बनाएको छ।
दुलाल इलाम कांग्रेसका निक्कै चर्चित युवा नेता हुन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियार, सांसद केशव थापा लगायतले इलाम नगरपालिकामा कांग्रेसको जीत सुनिश्चित रहेको दावी गरे ।