- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालटारमा ढलमा परी ज्यान गुमाएकी बालिका विनिता फुँयालको परिवारलार्इ २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ ।
सोमबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र कार्यकारी निर्देशक इश्वरराज पौडेल सहितको टोलीले रकम प्रदान गरेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
महानगरको टोलीले उनीहरुको घरैमा गएर परिवारलार्इ सान्त्वना दिएको थियो । साथै टोली सामाखुसीमा ढलमा डुबेकी वृहस्पति विद्या सदनमा कक्षा ९ मा पढ्ने सत्या सापकोटाको जीवन विमा गरिदिने आश्वासन दिएका छन् ।