- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कलैया। बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।
मंगलबार बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका २० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९:४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।
महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए।