- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ्ग । एमाले नेता लालवावु पण्डितसँग उनकै क्षेत्रका सुकुम्वासी मतदाताहरु आक्रोसित देखिएपछि एमाले मोरङ आत्तिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने शासनकालमा सकुम्वासी आयोग मोरङको अध्यक्ष रहँदा उनले विपन्न परिवारमा वितरण गरेको फर्जी लालपूर्जाले डंग्राहाका स्थानीयहरु चिन्तित देखिएका छन ।
मोरङ ६ मा पर्ने बुढीगंगा गाउँपालिका —७ साविक डंग्राहामा बसोवास गरिरहेका १ सय ५० घरधुरीलाई लालवावुले जग्गा धनी लालपूर्जा वितरण गरेका थिए। पूर्जामा त्यो लालपूर्जाले लामो समय सकुम्वासीलाई निकै राहतको महशुस भएको थियो । धेरै दिनपछि फुसको घरमा टिना लगाउन सहकारीमा ऋण लिन जादा सकुम्वासीहरुले आफूले पाएको पूर्जा फर्जी रहेको थाहा पाए । उनको पूर्जा फर्जी भेटिएपछि अरु सकुम्वासीले पनि पूर्जा नक्कली वा सक्कली हो भनि मालपोतमा ढट्टा भिडाउदा अभिलेख भेटिएन ।
१ सय ५० सकुम्वासीहरुकै अभिलेख मालापोतमा नभेटिएपछि उनीहरु अहिले निराश छन । लालपूर्जा पाएका स्थानीय ठकुप्रसाद वाँतरले भोटको लागी आफुहरुलाई एमाले नेता लालवावुले झुक्याएको आरोप लगाए ।
उनले ८ घुर जमिन पाएकोमा धेरै खुशी थिए । १ टुक्रा जमिन पाएको भन्दै उनले पूर्जालाई बासकमा सुरक्षित राखेका थिए । त्यसयता एमालेलाई उनले भोट हालेको सुनाए । वाँतरले भने, म मात्र होइन डंग्राहामा वितरण गरिएको १ सय ५० घरपरिवारको लालपूर्जाको कुनै अभिलेख कार्यालयमा भेटिएको छैन । वडा न —७ का करिव ५ सय सुकुम्वासी मध्ये केहीलाई त्यो वेला पूर्जा वितरण गरिएको थियो । ऐलानी जग्गा र नहरको डीलमा उनीहरु बस्दै आएका छन ।
गरिव जनतालाई झुक्याएर एमालेले भोटको राजनीति गरेको स्थानीयवासी जयप्रकाश सरदारले आरोप लगाए । यता एमाले मोरङले मोरङ ६ मा सयौ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको दावी गरेको छ । ०५२ साल जेष्ठ ३१ गते वितरण गरिएको लालपूर्जामा तत्कालीन अध्यक्षको हैसियतले लालवावुको दस्तखत छ ।
मोरङ ६ बाट पण्डित कम्युनिष्ट गठबन्धनको उम्मेदवार बनेपछि सकुम्वासीहरुले यो मुद्धालाई उठान गरेका हुन । सोझा, साझा जनतालाई भ्रममा पारेर लालवावुले त्यहीवेलादेखी भोटको राजनीति गरेको वुढीगंगाका कांग्रेस नेता जितु थापामगरले आरोप लगाए ।
लालवावु भोट माग्न आउदा फर्जी लालपूर्जा उनलाई नै फिर्ता गर्ने तयारी सकुम्वासीहरुको छ । सरदारले भने , फर्जी लालपूर्जा जम्मा भैरहेको छ, सवै सकुम्वासीले जम्मा गरेपछि लालवावुलाई फिर्ता गरिदिने छौ ।