- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बिष्फोट गराइएको छ । बिष्फोटले क्षति भने भएको छैन । गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै श्रेष्ठको चुनावी अभियानलाई अवरोध गर्न खोजिएको हो ।
वाम गठबन्धनको चुनावी प्रचारमा एमाले नेता विकलकुमार श्रेष्ठ समेत हिंडेका थिए । बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा विष्फोट भएको हो ।
वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्कीसँगै थिए । नहर्कीले आफ्नो गाडी नजिकै बम विष्फोट भएको बताएकी छन् ।