- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेलौरी । कञ्चनपुर दक्षिणी सीमावर्ती भारतीय बजार बाट चोरीपैठारीको ४० हजार मुल्य बराबरको इलेक्ट्रोनिक का सामान बेलौरीको सिवनगरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टले बिहीबार बरामद गरेको छ ।
बेलौरी स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बाट गस्तीमा गएको टोलिले चोरीपैठारीको राजेश्वरी बल्ब १०० वाटको १ पेटी , पावर सकेट १ प्याकेट, बटन होल्डर चार प्याकेट, एम. सी. चार प्याकेट, प्लक टु पिन पाँच प्याकेट, मेन स्वीच तिन प्याकेट, होल्डर पन्ध्र प्याकेट सिनिज स्वीच दश प्याकेट, एन्चर फ्युज नौ प्याकेट, एन्चर होल्डर चार प्याकेट, स्याङ्जा होल्डर दुई प्याकेट, फ्यान रेगुलेटर दश प्याकेट, कम्प्युटर पावर सप्लायर दुई प्याकेट, कम्प्युटर सिरीज स्वीच चार प्याकेट, कम्प्युटर फाईव पिन सकेट तिन प्याकेट, कम्प्युटर सकेट दुई प्याकेट, कम्प्युटर फ्यान रेगुलेटर दुई प्याकेट, हेलोजन ह्याङ्गर तिन प्याकेट, एन्चोर पेन्टा पि.सी. स्वीच पाँच प्याकेट र कम्प्युटर होल्डर दुई प्याकेट बरामद गरिएको हो ।
बरामद गरिएको उक्त सामान लगभग रु. ४० हजार नेपाली मूल्य बराबर रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उक्त समान भोली बिहान त्रिनगर भन्सार चलान गर्ने सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीका निरीक्षक भिम सिंह थापाले बताए ।